शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मङ्गलबार, १६ असार २०७७, ११ : ५९
मङ्गलबार, १६ असार २०७७

बुटवल – रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–९ को भित्री बाटोमा मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो  ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।

घाइते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप