शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपालमा १५० वर्षअघि नै पहिचानको आन्दोलन’

शुक्रबार, २३ भदौ २०७४, १८ : ४९
शुक्रबार, २३ भदौ २०७४

भक्तपुर– महाकवि सिद्धिदास महाजुको १५० औं जन्मजयन्ती शुक्रबार भक्तपुरको तलेजु ब्याङक्वेटमा बृहत गोष्ठी गरी मनाएको छ ।

सिद्धिदास प्रतिष्ठनको आयोजनामा भएको उक्त कार्यक्रम शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी प्रमुख अतिथि थिए । जोशीले भाषा र जाती बचाइ राख्न संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताए । समाज परिवर्तनका लागि १५० वर्ष अगाडि सिद्धिदासले गरेको क्रान्तिकारी अभियानको ठूलो महत्व रहेको र राज्यले भाषिक विभेदका कारण राज्यले महाकवि स्वीकार्न नसकेको बताए । 

“भाषा म्वासा जाती म्वाइ” भने मूलमन्त्रलाई सिद्धिदासले त्यतिवेला नै देशको समग्र विकास गर्न भाषा, जाति र त्यसको संस्कृतिको उत्थान भएमात्र पहिचानसहित देशको विकास हुने कुरामा सिद्धिदासको योगदानलाई सबैले मनन गर्नुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा राज जोशीले सिद्धिदासको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अगिब बनेपालीले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपालभाषा आन्दोलनका नेता मल्ल के.सुन्दरले नेपालमा १५० वर्षअघि नै पहिचानको आन्दोलन सिद्धिदासले गरेको उल्लेख गरे । त्यसवेला नै “म्वासा जाती म्वाई” नारा घन्किसकेको पुष्टि हुने उनको भनाई छ ।  

कार्यक्रममा रात्री मा.वि.भक्तपुरका संस्थापक प्रधानाध्यापक कैलाशभक्त प्रधानाङ्गलाई सम्मान गर्नुका साथै प्रतिष्ठानद्वारा नेपाल लिपि कक्षामा पास भएका विद्यार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप