शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालय एयरलाइन्स र हुवावे क्लाउडबीच सम्झौताः  उडान यात्रा अनुभवलाई मजबुत बनाउन स्मार्ट सिल्क रोड सृजना गर्ने

मङ्गलबार, १६ असार २०७७, १२ : ३३
मङ्गलबार, १६ असार २०७७

काठमाडौ–ं हिमालय एअरलाइन्स र चिनीयाँ बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउड बीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सूचना तथा संचार प्रविधि (आइ.सी.टी) काउपज र समाधानका उपायहरुबाट अधिकतम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्सलाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ । 

हिमालय एयरलाइन्सलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्गपिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह–एशिया प्रशान्त क्षेत्रका अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । 

सम्झौतामा हिमालय एअरलायन्सका अध्यक्ष झोउइन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरे । 

दुवै संस्थाहरुलाई बधाई दिँदै नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई)का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको बताए ।

उनले यी दुई कम्पनीहरुका साथसाथै नेपालमा चिनीयाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडी र अधिकन वीनतम विधिहरु अपनाउँदै महामारी अवधि पश्चात उपयुक्त व्यवसायिक प्रारुपहरु सृजना गर्न तथा यसबाट नेपाल र चीनबीचको बी.आर.आई सहकार्यमा समेत सार्थक योगदान हुने आशा गर्न सकिने अपेक्षा गरे । 

मन्तव्य राख्ने क्रममा तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्गपिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्सले योगदान पु¥याएको स्पष्ट पारे । उनले हुवावेको उन्नत सूचना प्रणालीको मद्दतद्वारा हिमालयले उत्कृष्ट व्यवस्थापन तथा संचालन, वीन(वीन विकास प्राप्त गर्ने पनि आशा व्यक्त गरे । 

साथै, तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने बाचा गरे समारोहमा आफ्नो मन्तव्य राख्दै हिमालय एअरलाइन्सका अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गरे । सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेश्रो पक्ष सहकार्यका लागि स्वागत गरे ।

हिमालय एअरलाइन्सको उड्डयन क्षेत्रको अनुभवलाई आत्मसात गर्र्दै यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्सको डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्वि गर्न सकिने व्यहोरा हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह–एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले राखे ।

आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइ.सी.टी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आई.सी.टी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्रि तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन् ।

भविष्यमा हिमालय एअरलाइन्स, हुवावे र अन्य तेश्रो पक्षहरुसँग यात्रु र कार्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरुका लागि तत्पर रहने कम्पनीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप