शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जूम अब भायानेटमार्फत पनि

मङ्गलबार, १६ असार २०७७, १२ : ५७
मङ्गलबार, १६ असार २०७७

काठमाडौं– नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले जूम भिडियो कन्फ्रेन्सिङ  एपको अफर ल्याएको छ । जूमकोे भिडियो कन्फ्रेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्दैछ ।

भायानेटका ग्राहकहरुले भायानेटमार्फत जूमको सदस्यता लिंदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । नेपाल भरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ एपमार्फत आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन् ।

जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ । त्यसै हुनाले यस एपको पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु यस प्रकार छनः २४सैं घण्टा गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्य भन्दा बढी सदस्यमा अपग्रेड गर्न सक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतःउत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ ।

यसको साथै भायानेट कम्यूनिकेशनले नेपालको अग्रणी इन्टरनेट र टिभी सेवाप्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप