बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्तको तस्बिरले सजिएको थियो पूर्वप्रेमिका अंकिताको घर

मङ्गलबार, १६ असार २०७७, १३ : २२
मङ्गलबार, १६ असार २०७७

एजेन्सी - गत जुन १४ मा आफ्नै घरमा झन्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतसँग जोडिएका धेरै चीजहरुका बारेमा पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरु भरिएका छन्् । 

सुशान्तको आत्महत्याले बलिउडभित्रको नेपोटिज्मको खुलेर विरोध भइरहेको छ भने उनको मृत्युपछि उनीसँग जोडिएका तस्बिर, सम्बन्ध तथा उनले गरेका राम्रा कामहरुको प्रशंसा भइरहेको छ ।  साथै, उनका यादमा उनका प्रशंसकहरुले निकै पीडा समेत पोखिरहेका छन् । 

यसैबीच, उनकी पूर्वप्रेमिकासँगको सम्बन्धको बारेमा पनि निकै चर्चा भइरहेको छ । सुशान्तका एक प्रशंसकले उनकी पूर्वप्रेमिकाको एउटा पुरानो तस्बिर शेयर गरेका छन् । तस्बिरमा अंकिता लोखण्डे आफ्नी आमासँग देखिएकी छिन् भने उनको पछाडि घरका भित्ताहरुमा सुशान्तसँगका तस्बिरहरु टाँगिएका छन् । 

 

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेर्नेहरुले सुशान्त र अंकिताबीच गहिरो प्रेम रहेका प्रतिक्रिया जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप