आज कुन प्रदेशमा कति कोरोना संक्रमित पुष्टि भए ? (विवरणसहित)
काठमाडौं । मंगलबार नेपालमा कोरोना भाइरस (कोभिड-१९) ३ सय १६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ ।
जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् । मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा आज १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् ।
यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू