बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

मङ्गलबार, १६ असार २०७७, १७ : ४१
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि  निवेदन परेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकाे विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए । 

प्राप्त जानकारीअनुसार विराटनगरकी सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । 

आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको बताए ।

उनले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताए । आजको बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप