शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् एमाले पार्टी दर्ता गराउने सन्ध्या तिवारी ?

मङ्गलबार, १६ असार २०७७, १९ : ०४
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबारको स्थायी समिति बैठकको नियमित एजेण्डा थियो–    सीमा समस्या र समाधान । 

त्यसपछि अर्को विषय थियो कोभिड–१९ रोकथाम तथा नियन्त्रण । तर पूर्व निर्धारित उक्त एजेण्डा नै ओझेलमा पार्ने अरु दुई एजेण्डा थपिए, मंगलबारको बैठकमा । फरक एजेण्डा थपिनुमा विगत दुई दिनयताका केही घटनाक्रमहरु जोडिएका छन् । 

जस्तोकी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले असार १४ गते आफूलाई हटाउन भारत सरकार, नेपालस्थित भारतीय दुतावास र आफ्नै पार्टीका नेताहरु नै लागिपरेको बताउनु । त्यसको भोलिपल्ट अर्थात सोमबार फेरि अर्को घटनाक्रम विकास भयो । त्यो थियो–निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन पर्नु । 

सोही विषयबारे जानकार नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग यथार्थ बुझ्ने प्रयास गर्दै नियमित एजेण्डाबाहेक ती दुई विषयमा प्रधानमन्त्री ओलीसँग जवाफ माग गरे । 

यसरी जवाफ माग्नेहरुमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल लगायत मंगलबार बोल्ने १८ जना थिए । यसक्रममा नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भैसकेकाले राजीनामा माग गरे ।  
को हुन् एमाले दर्ता गर्न जाने सन्ध्या ?

बैठकमा नेताहरुले नेकपा एमाले नामक पार्टी दर्ताका लागि निवेदन कसले दियो ? यसमा पार्टीका नेता कार्यकर्ताको सहभागिता छ छैन भनेर प्रधानमन्त्री ओलीलेलाई प्रश्न गरे । तर ओलीले त्यसबारे आफूलाई थाहा नभएको जवाफ दिएका थिए । 

तर ओलीको जवाफमा नेताहरुले विश्वास गर्न सकेनन । उनीहरुले पार्टी दर्ता गर्न जाने व्यक्ति ओलीकै निकटको हुनुपर्ने र झापाकै हो कि भन्ने अनुमान लगाए । तर बुझ्दै जाँदा सन्ध्या तिवारी नामकी महिला झापाकी नभएर उनको ठेगाना विराटनगर रहेको खुलेको छ । 

उनी अध्यक्ष रहेको उक्त पार्टीका महासचिव जनकपुरका मनिष (थर खुलाइएको छैन) रहेका छन् । ‘सन्ध्यासहित २१ जना पार्टी दर्ताका लागि निवेदन दिन सोमबार साँझ कार्यलय आउनु भएको थियो’  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप