शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकक्षमै कुटिएका वडाध्यक्षलाई थप उपचारको काठमाडौं पठाइयो

मङ्गलबार, १६ असार २०७७, १९ : १७
मङ्गलबार, १६ असार २०७७

बुटवल । मंगलबार कार्यक्षकमै कुटिएका  दाङको  शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 मंगलबार कार्यकक्षमै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता प्रहार गरेको धारिलो हतियार लागेर घाइते भएका डाँगीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

‘थप उपचार गर्न काठमाडौं लगिएको छ । अध्यक्ष चोटका कारण वोल्न सक्नु भएको छैन,’ उनले भने, ‘जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौं लैजानु प¥यो ।’ उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरिएको थियो । मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालय भित्र प्रवेश गरेका विप्लवका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेका थिए ।

 घटना स्थलमा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको थियो । यसैविच घटनास्थलको सुरक्षा अधिकारीले अनुगमन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप