शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अल्टिच्यूट एयर नामक वायुसेवासँगको संलग्नताबारे बोल्यो यती समूह

मङ्गलबार, १६ असार २०७७, १९ : ४८
मङ्गलबार, १६ असार २०७७

काठमाडौं– यती समुहको अल्टिच्यूट एयर नामक वायुसेवासँग संलग्नता रहेको भन्ने विषयमा यतीले आफ्नो स्पष्टिकरण दिएको छ ।

यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले आज एक विज्ञप्ती जारी गर्दै अल्टिच्यूट एयर नामक वायुसेवासँग संलग्नता नरहेको र अल्टिच्यूट एयरका अध्यक्ष फूर्वा ग्याल्जेन शेर्पालाई नेपाल सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको विषयमा समूह सम्बन्धित नभएको बताएका छन् ।

उनले बाहिर आएका हल्ला निराधार भएको बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘ यती समूहको अल्टिच्यूट एयर नामक वायुसेवासँग कुनै संलग्नता छैन । अल्टिच्यूट एयरका अध्यक्ष फूर्वा ग्याल्जेन शेर्पालाई नेपाल सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको विषय हामीसँग कुनै प्रकारले सम्बन्धित छैन र होइन पनि ।’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीले कसैको दवावमा नभई दक्षता र कानून सम्मतको आधारमा नियुक्ति गरेको भनि स्पष्ट पारेको पनि उनले विज्ञप्तीमा जनाएका छन् । उनले फूर्वा ग्याल्जेन शेर्पाको यती माउन्टेन होम, कोङ्दे रिसोर्टमा संलग्नता भनि यती समूहसँगसँग नाम जोडीएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप