केन्द्रीय संस्करण

प्रयोगशाला विस्तार गरेर परीक्षणको दायरा बढाइँदैछः  मन्त्री ढकाल

person explore access_timeअसार १६, २०७७ chat_bubble_outline0

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अवको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले अहिले २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए । मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए । 

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए । 

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब रु एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.