बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

मङ्गलबार, १६ असार २०७७, २१ : ३८
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ।

योसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। काठमाडौं उपत्यकामा भने  थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप