शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

बुधबार, १७ असार २०७७, ११ : ४६
बुधबार, १७ असार २०७७

भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ । फरार रहेका मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

गत फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट भएको थियो ।

निर्माण सम्पन्न हुन लागेको बाँस्कोटाको साढे तीन तले घरको दक्षिण पुर्वी वाल अन्य आरोपीहरु अभिषेक भन्ने टेक बहादुर बि.क, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी, देबीबहादुर गुरुङ समेतका ४ जनालाई घटना घटेको केही दिनमा नै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

देबीबहादुर गुरुङलाई भक्तपुर जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको र बाँकी ३ जनालाई पुर्पक्षको लागी डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पक्राउ परेका शाहीलाई भक्तपुर अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप