बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केहीबेर बसेर नेकपा बैठक स्थगित

बुधबार, १७ असार २०७७, १२ : ४७
बुधबार, १७ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार केहीबेर (करिब एक घण्टा) बसेर स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । 

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । 

आजको स्थायी समिति बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । 

यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवादले उग्र रुप लिएको हो । 

यो विषयमा मंगलबारको बैठकमा चर्काचर्की बहस भएको थियो भने ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भनाभन भएको थियो । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समेत ओलीको राजीनामा माग गरेका थिए । 
एकाएक पार्टीभित्र किचलो सुरु भएपछि ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए । स्थायी समितिकाे अर्काे बैठक बिहीबार बिहान ११ बजेकाे लागि तय गरिएकाे छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप