शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकलाई आइएफसीले दोस्रो पटक कर्जा दिँदै

बुधबार, १७ असार २०७७, १२ : ५६
बुधबार, १७ असार २०७७

काठमाडौं– एनएमबि बैंकलाई विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम  (आइएफसी)ले कर्जा दिने भएको छ । 

अमेरिकी २५ मिलियन डलर कर्जाको लागि एनएमबि र आइएफसीबीच समझदारी भएको छ । एनएमबिले दुई बर्षको अवधिमा लगातार दुई पटक आइएफसीबाट कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा बाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ । 

उक्त समझदारीमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. र आइएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । 

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई लगानी गर्ने भनिएको छ ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई विदेशी बैंक तथा वित्तिय संस्थाबाट कुल पुँजीको २५ प्रतिशतसम्म लगानी ल्याउन बाटो खुला गरेपछि एनएमबिले दोस्रो पटक कर्जाका लागि हस्ताक्षर गरेको हो । 

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एकवाएर गर्दैछ । यसका लागि एक्वायस प्रस्ताव पारित गराउँन असार २१ मा विशेष साधाणसभा समेत बस्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप