शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी नायिकाले फेसबुकमा दिइन् आत्महत्या गर्ने धम्की

बुधबार, १७ असार २०७७, १३ : १३
बुधबार, १७ असार २०७७

भोजपुरी नायिका रानी चटर्जीले मंगलबार सोसल मिडियामा चकित पारिदिने खुलासा गरेकी थिइन् । उनले आफू डिप्रेशनसँग जुधिरहेको र अब आफूमा हिम्मत बाँकी नरहेको बताएकी छिन् । उनले आत्महत्या गर्ने कुरा पनि कोट्याएकी छिन् । यी सबका लागि रानी चटर्जीले धनंजय सिंहका नामका व्यक्तिलाई जिम्मेवार देखाएकी छिन् ।

रानी चटर्जीले आफ्नो फेसबुक पेजमा लेखिन्, ‘डिप्रेशनमा म असाध्यै धेरै डिस्टर्ब भइसकेकी छु । म धेरैजसो बलियो भइरहन र सकारात्मक सोच हुनुपर्ने विषयमा कुरा गरिरहन्छु तर अब मेरो सोच, मेरो धारणा फेल खाइरहेको छ । यी व्यक्तिले थुप्रै वर्षदेखि मेरा बारे कस्ता कस्ता फोहोरी कुरा फेसबुकमा लेखिरहेका छन् । मैले यसलाई वास्ता नगर्न कोसिस गरेँ । मैले थुप्रै मानिसहरुसँग यसबारे कुरा पनि गरेँ । सबैले वास्ता नगर्न सुझाए तर म पनि एक व्यक्ति नै हुँ । म मोटी छु, बुढी छु वा म केही काम गर्छु भन्दैमा यी व्यक्तिले यस्ता भद्दा कुरा लेख्न मिल्छ ? मलाई सबैले यस्ता कुरा पठाउँछन् र वास्ता नगर्न भन्छन् । अब मेरो सहनशीलता गुमिसकेको छ ।’

#depression मै बहुत ज़्यादा अब डिस्ट्रब हो चुकी हूं अक्सर मैं स्ट्रॉन्ग बने रहने की और पोजिटिव बने रहने की बात करती हूं...

Posted by Rani Chatterjee on Tuesday, 30 June 2020

नायिका थप लेख्छिन्, ‘म थुप्रै वर्षदेखि यो कुराको कारण निकै चिन्तित भइसकेकी छु । मानसिक तनावसँग गुज्रिसकेकी छु । उनले सायद मैले आत्महत्या गरोस् भन्ने चाहन्छन् । उनकै कारण मेरो नीजि जीवनमा पनि अत्यधिक तनाव छ । मुम्बई प्रहरीसँग मेरो यो अनुरोध छ कि मैले केही गरिहालेँ भने यसको जिम्मेवार धनञ्जय सिंह नै हुनेछन् । मैले साइबर सेलमा पनि यसबारे उजुरी दिएकी थिएँ तर त्यहाँ मलाई ती व्यक्तिले मेरो नाम नलेखेको भन्दै उजुरी दर्ता गर्न नमिल्ने बताए । तर मलाई राम्रोसँग थाहा छ कि उनले मेरा लागि मात्रै लेख्छन् । उनको यस्तो पोस्टमा मानिसहरुले मेरो नाम लेखेर निकै तुच्छ गाली गर्छन् र उनले यसको मज्जा लिन्छन् । म हताश भइसकेकी छु अब हिम्मत बचेको छैन । मैले आत्महत्या गर्ने बाहेक अरु विकल्प देखेकी छैन किनभने म यसैका कारण थुपै वर्षदेखि डिप्रेशनसँग जुधिरहेकी छु । अब थप सहन सक्दिनँ ।’

कामको कुरा गर्ने हो भने रानी चटर्जी आफ्नो नयाँ भोजपुरी फिल्म ‘पांचाली’ सहित दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि पूर्ण रुपमा तयार छिन् । उनले हालै आफ्नो यो फिल्मको पहिलो पोस्टर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप