केन्द्रीय संस्करण

बन्दाबन्दी र बालबालिका

person explore access_timeअसार १७, २०७७ chat_bubble_outline0

१. बन्देजमा रहनु हामी प्रौढहरुका लागि त गाह्रो कुरा हो भने बालबालिकाका लागि त झन धेरै गाह्रो कुरा हो । बन्दाबन्दीमा रहनुपर्दा बालबालिकाहरुमा हामीले सोचेभन्दा फरक र हामीलाई चित्त नबुझ्ने खालका बानीको विकास भएको हुन सक्छ । अहिले लकडाउन भएको बेला छ । हाम्रा बालबालिकाहरु अघिपछिभन्दा बढी समय इन्टरनेटमा समय बिताइरहेका छन् । हामीमध्ये कति अभिभावकलाई यसमा चिन्ता लागेको हुन सक्छ । समयको कसरी सही व्यवस्थापन गर्ने भन्ने लागिरहेको हुन सक्छ । यो समयमा बालबलिकालाई पढाइ लेखाइमा कसरी संलग्न गराउने ? कसरी नयाँनयाँ कुरा सिकाउने ? कसरी राम्रो बानी व्यवहार सिकाउने ? जस्ता कुरा हामी अभिभावकहरुलाई लागिरहेको हुनसक्छ । बालबालिकाहरु यो समयमा बाहिर जान पाएका छैनन् । विद्यालय जान पाएका छैनन् । इष्टमित्र भेट्न पाएका छैनन् । आउटडोर गेम खेल्न पाएका छैनन् । घरभित्रै मात्र बसिरहँदा बालबालिकाहरुले एक किसिमको असहज महसुस गरिरहेका हुनसक्छन् । नमीठो बन्देज महसुस गरिरहेका हुनसक्छन् । यसले उनीहरुको व्यवहारमा धेरै नचाहिँदो किसिमको परिवर्तन पनि देखिन सक्छ । अह्राएको नमान्ने, सल्लाह सुझाव नसुन्ने, समयमा गृहकार्य नगर्ने, बढी मोबाइल चलाउने, टिभी हेर्ने, बढी सुत्ने, त्यसै त्यत्तिकै पनि झनक्क रिसाउने, बढी खाने अथवा खान नमान्ने हामी अनुभव गरिरहेका छौं ।


बालबालिकाहरु यो समयमा बाहिर जान पाएका छैनन् । विद्यालय जान पाएका छैनन् । इष्टमित्र भेट्न पाएका छैनन् । आउटडोर गेम खेल्न पाएका छैनन् । घरभित्रै मात्र बसिरहँदा बालबालिकाहरुले एक किसिमको असहज महसुस गरिरहेका हुनसक्छन् । नमीठो बन्देज महसुस गरिरहेका हुनसक्छन् । यसले उनीहरुको व्यवहारमा धेरै नचाहिँदो किसिमको परिवर्तन पनि देखिन सक्छ । अह्राएको नमान्ने, सल्लाह सुझाव नसुन्ने, समयमा गृहकार्य नगर्ने, बढी मोबाइल चलाउने, टिभी हेर्ने, बढी सुत्ने, त्यसै त्यत्तिकै पनि झनक्क रिसाउने, बढी खाने अथवा खान नमान्ने हामी अनुभव गरिरहेका छौं ।


यस्तो बेलामा हामीले बालिबालिकालाई के गर्न सक्छौँ त ? हामी बालबालिका जस्तै बनेर सँगै खेल्न सक्छौँ । उनीहरुलाई कथा, कविता सुनाउन सक्छौँ । घरायसी काममा उनीहरुलाई सहभागी बनाउन सक्छौँ । घरभित्रै खेलिने खेलहरुमा प्रोत्साहन गर्न सक्छौँ । उनीहरुसँग नै बढीभन्दा बढी समय बिताउन सक्छौँ । यस्ता समयमा हामीले पनि हाम्रा बालबालिकामा आएको स्वाभाविक परिवर्तनलाई भने स्वीकार्नु जरुरी हुन्छ । आवश्यक सकारात्मक परिवर्तनको लागि धैर्यसाथ प्रयत्नमा लाग्नु पनि जरुरी हुन्छ । 

बालबालिकाको मन धेरै संवेदनशील एवं कोमल हुन्छ । यी कलिला बालबालिकामा सम्भावनाका अलग अलग आयाम र अलग अलग क्षमता लुकेका हुन्छन्  । प्रत्येक बालबालिकाको अलग अलग मनोविज्ञान हुन्छ । यो हामी अभिभावकहरुले सधैँ ध्यानमा राखिरहनुपर्ने पक्ष हो ।

बालबालिकाहरु स्वाभावतः चञ्चल पनि हुन्छन् । चञ्चलताले उनीहरुको मानसिक स्वाथ्य ठीक छ । शारीरिक स्वास्थ्य ठीक छ भन्ने सङ्केत दिन्छ । बालबालिकाहरु चञ्चल हुनु पनि एक किसिमले जिज्ञासु हुनुकै सङ्केत हो । हरेक कुरा जान्न बुझ्न हतारिनु हो । बालबालिकाको उमेर साँच्चिकै जिज्ञासु उमेर हो । सिक्ने उमेर हो । यस संसारमा बालबालिकाले जान्न, बुझ्न, र सिक्नुपर्ने कुरा थुप्रै थुप्रै छन् । उनीहरु सिक्न, जान्न, बुझ्न आतुर हुन्छन् । यसैले बालबालिका हरेक कुरा देख्न चाहन्छन्, सुन्न चाहन्छन् । छुन चाहन्छन् । सोध्न चाहन्छन् । उनीहरुले सोधेका प्रश्नलाई राम्रोसँग सुनाँै, ध्यान दिएर सुनाँै, माया ममताका साथ सुनौँ । उनीहरुको चञ्चलतालाई स्वीकार गरेर सुनौँै । यति गर्दा मात्र पनि हामी बालबालिकाका अधिकांश समस्याहरु समाधान गर्न सक्छौँ । हामी अभिभावकहरु कुनै पनि कुरा सिकाउने क्रममा आफ्ना बालबालिकाले छिटोभन्दा छिटो सिकुन्् भन्ने चाहन्छौँ । तर बालबालिकारुका सिकाइको आफआफ्नै गति हुन्छ । प्रायः बालबालिकाहरु विस्तारै विस्तारै सिक्छन् । हामी अभिभावकहरु आफ्ना बालबालिका जन्मजात संस्कारवान् बनुन् भन्ने चाहन्छौँ । त्यसका लागि आवश्यक समय दिँदैनौँ । आवश्यक प्रयत्न चाहिँ गर्दैनौँ । बालबालिकाहरुका विकासका लागि अनुकुल वातावरण, परिस्थिति बनाइदिनु, आवश्यक साधन सामग्री जुटाइदिनु, अपेक्षित समय दिनु हामी अभिभावकहरुको अनिवार्य दायित्व हो ।


हुर्कनका लागि आवश्यक खुराक चाहिन्छ । यहाँनिर हामीले बिर्सन नहुने कुरा के छ भने खुराकको पनि मात्रा हुन्छ । माया र समय कति दिने त ? बालबालिकाहरुलाई माया गर्ने भनेर अत्यधिक लाडप्यार र जतिबेला जे भन्यो त्यो पुर्‍याइदिने खालको लचकता पनि कहिले काहीँ नराम्रो हुन सक्छ । आवश्यकताअनुसार अनुशासन पनि हुनुपर्छ । गलत बाटोमा हिँड्न लागे भने बेलैमा रोक्नुपर्छ ।


हुर्कनका लागि आवश्यक खुराक चाहिन्छ । यहाँनिर हामीले बिर्सन नहुने कुरा के छ भने खुराकको पनि मात्रा हुन्छ । माया र समय कति दिने त ? बालबालिकाहरुलाई माया गर्ने भनेर अत्यधिक लाडप्यार र जतिबेला जे भन्यो त्यो पुर्‍याइदिने खालको लचकता पनि कहिले काहीँ नराम्रो हुन सक्छ । आवश्यकताअनुसार अनुशासन पनि हुनुपर्छ । गलत बाटोमा हिँड्न लागे भने बेलैमा रोक्नुपर्छ । त्यसैले हामी अभिभावकहरु र विद्यालयका शिक्षकहरुले मिलेर बालबालिकाको अपेक्षित विकासका लागि सहचिन्तन र सहकार्य गर्नुसमेत त्यत्तिकै आवश्यक छ । आवश्यक मनोशारीरिक विकासका लागि बालबालिकालाई उनीहरुको क्षमताअनुसारको जिम्मेवारी र चुनौती पनि दिनु जरुरी हुन्छ ।

२. बालबालिकालाई मनोशारीरिक रुपबाट स्वस्थ सक्षम शिक्षित र चरित्रवान बनाउँदै हुर्काउनु हामी सबै अभिभावकहरुको दायित्व हो ।

हामी हाम्रा बालबालिकालाई डाक्टर, इन्जिनियर बनाउन खोज्छौँ । बनाउँछौँ पनि तर के हामी उनीहरुलाई संस्कारवान संवेदनशील उत्कृष्ट मान्छे बनाउन चाहिँ सक्षम भएका हुन्छौँ त ? यसका लागि हामीले बालबालिहरुको दैनिक क्रियाकलापमा धेरै ध्यान दिन जरुरी हुन्छ ।

आजको शिक्षण सिकाइ प्रणाली सैद्धान्तिक र प्राविधिक मात्र छ । आचरणमुखी र व्यावहारिक सिकाइ छैन । जीवन उपयोगी सिकाइ छैन । दैनिक जीवनमा काम लाग्ने संस्कारसहितको सिकाइ छैन । बालबालिकाले युवा भएपछि विभिन्न क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । विभिन्न मानिसहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ । हरेक वातावरणमा घुलमिल गर्नुपर्ने हुन्छ । आजको शिक्षण सिकाइ प्रणालीबाट हामी हाम्रा बालबालिकाहरुलाई जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्ने सङ्घर्षशील, सहकारी, भावनाशील र इमानदार बनाउन सक्छाँै होला त ? युवा अवस्थाको असल मानिस निर्माण गर्न हामीले बाल्यावस्थाबाटै असल संस्कारको बीउ रोप्नुपर्छ । शिक्षालयहरुले शिक्षालय मात्र बनेर नपुग्ने र विद्यालय अर्थात् संस्कारशाला समेत बन्नुपर्ने हुनसक्छ । अहिले हाम्रा स्कुलहरु शिक्षालय मात्र बनिरहेका छन् । शिक्षालयमा जीविकामुखी शिक्षा दिइन्छ भने विद्यालयमा असल संस्कृति र संस्कार पनि सिकाइन्छ । हामीले हाम्रा बालबालिकाहरुलाई कलिलै उमेरमा हाम्रो समाज र संस्कृति बारे आवश्यक ज्ञान दिन सक्यौँ भने जाति हुन्छ । यसबाट बालबालिकाको जीवनमा समाज र संस्कृतिका आधारमा गर्न योग्य काम र गर्न नहुने कामहरु छुट्याउन सक्ने विवेकको निमार्ण हुन्छ । बालबालिकाहरुलाई शिष्ट, शालीन, मिहिनेती, संवेदनशील र मितव्ययी बनाउँदै हुर्काउनु पनि हामी अभिभावक र विद्यालय दुवैको संयुक्त दायित्वभित्र पर्छ । संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको छ ।

हामीले हाम्रा बालबालिकालाई असल संस्कार दिन सक्यौँ भने ती असल बन्दै हुर्कन्छन् । हाम्रा बालबालिका हामीले जस्तो संस्कार दिन सक्छौँ त्यस्तै बन्छन् । बाल्यकालमा असल र उत्कृष्ठ विचार तथा व्यवहारको बीउ रोप्यौँ भने मात्र ठूलो भएपछि संस्कारवान् व्यक्तित्व बन्न सक्छन् । असल संस्कारबाट सुन्दर चरित्र निर्माण हुन्छ । चरित्र नै मानिसको सामाजिक पहिचान हो । राम्रो वातावरण, राम्रो विचार, व्यवहार, राम्रो आनिबानीमा हुर्केका बालबालिका नै पछि गएर सुसंस्कृत बन्न सक्छन् । लुच्चोपन, आपसी भनाभन, अन्याय उत्पीडन तथा भैmझगडाका वातावरणमा हुर्केका बालबालिकालाई पछि गएर संस्कारी बन्न गाह्रो पर्छ । हुर्किसकेपछि नानीदेखि लागेको बानीलाई सुधार्न चानचुने मिहिनेतले पुग्दैन ।


आज हामीमध्ये कति अभिभावकहरुलाई के पनि महसुस भइराखेको छ भने आजका बालबालिकाहरुमा धैर्य गर्ने क्षमता घट्दै गएको छ । रिस बढ्दै गएको छ । आवेग बढ्दै गएको छ । आफूभन्दा ठूलालाई आदर गर्ने संस्कार घट्दै गएको छ । शिक्षक, अभिभावकप्रतिको सम्मान गर्ने परम्परा हराउँदै गएको छ । यसका पछाडि केही कारण हुन सक्छन् ।


आज हामीमध्ये कति अभिभावकहरुलाई के पनि महसुस भइराखेको छ भने आजका बालबालिकाहरुमा धैर्य गर्ने क्षमता घट्दै गएको छ । रिस बढ्दै गएको छ । आवेग बढ्दै गएको छ । आफूभन्दा ठूलालाई आदर गर्ने संस्कार घट्दै गएको छ । शिक्षक, अभिभावकप्रतिको सम्मान गर्ने परम्परा हराउँदै गएको छ । यसका पछाडि केही कारण हुन सक्छन् । जस्तै हाम्रा बालबालिकामा शारीरिक रोग छैन भने पनि विभिन्न किसिमका मनोग्रन्थीहरु बनेका हुन सक्छन् ।

 हिजोआज सबै थोकले पुगेको घरपरिवारका बालकालिकाहरुले पनि केही न केही नपुग भएको अनुभव गर्न थालेका छन् । हामीले सबै कुरा भरिभराउ छ भन्ने ठान्दाठान्दै पनि बालबालिकाका विभिन्न इच्छाहरु आवश्यकताहरु पूरा नभएका हुन सक्छन् । यसबाट उनीहरुलाई दुःख लागिरहेको हुन सक्छ । हामीले सबै कुरा जुटाइदिने, पुर्याइदिने प्रयत्न गर्दागर्दै पनि बालबालिकाले कतै कुनै छेउमा मायाको कमीको महसुस गरिराखेका वा कतै कुनै विभेद महसुस गरिराखेका पनि हुन सक्छन् । यिनै यस्तै विभिन्न कारणबाट उनीहरु खुसी रहन नसकिरहेका हुनसक्छन् ।

विभिन्न अपुग असन्तोषले मनमा कदाचित घाउको रूप लिएको अवस्था बन्यो भने बालबालिकाको कलिलो मनले सम्हाल्न नसक्ने स्थिति पनि बन्न सक्छ र तिनीहरुमा विस्तारै चिन्ता, एकोहोरोपन, रिसाहा प्रवृत्ति र अवसादका लक्षणसमेत पनि देखिन सक्छन् । बढी भावुक, बढी आवेगमा आउने, तोडफोड गर्ने, एक ठाउँमा एउटा कुरामा अलमलिएर बस्नै नसक्ने, पढाइमा मन नदिने जस्ता समस्या पनि देखिन सक्छन् ।

यस्ता समस्याहरु आउन नदिन हामीले आफ्ना बालबालिकाहरुलाई नियमित रुपमा योग, प्राणायाम र ध्यान गराउन जरुरी हुन्छ ।

योगासन, प्राणयाम, ध्यान जस्ता कुरा वयस्क, बिरामी, बुढाबुढीहरुले मात्र गर्नुपर्ने क्रियाकलाप होइन । वृद्घ र बयस्कहरुलाई जत्तिकै बालबालिकाका लागि पनि योग अपरिहार्य छ । अझ बालबालिकाको लागि बढी आवस्यक छ । बाल्यवस्थादेखि नै योग गरेका बालबालिकालाई रोग लाग्दैलाग्दैन । उनीहरुको जीवन सन्तुलित रहन्छ । योग सँगसँगै नैतिकता र सदाचारको शिक्षा पनि दिन सकियो भने बालबालिकाहरु असल सोचसमझ र संस्कारका साथ हुर्कन पाउँछन् ।    यसैबाट उनीहरुको व्यक्त्रित्व बन्छ ।

योेगले शारीरिक शक्ति बढाउने मात्र नभई मानसिक सन्तुलन राख्नका लागि पनि अत्यन्त मद्दत गर्छ ।

योगले बालबालिकाहरुलाई बलियो फूर्तिलो बानाउनुका साथै मानसिक रुपमा अनुशासित कर्तव्यशील र शिष्टाचारी बनाउँछ । एकाग्र बनाउँछ, धैर्यवान बनाउँछ ।

सानैदेखि योग गर्दा बालबालिकाको मांसपेसीहरु बलियो हुन्छ । उचाइ बढ्छ । मोटाइ र दुब्लाइको सन्तुलन हुन्छ । रिसलाई नियन्त्रण गर्न सक्ने क्षमता बढ्छ ।

यस्तै प्राणायामले फाक्सोको क्षमता बढाउँछ । एकाग्रता बढाउँछ । स्मरण शक्ति बढाउँछ ।

पाचन तन्त्र बलियो बनाउँछ । रोग प्रतिरोधक क्षमता बढाउँछ । सकारात्मक सोचको विकास गर्छ । शरीर र मनको सन्तुलन राख्न मद्दत गर्छ ।

३. हामीले प्रयत्न गर्दागर्दै पनि कथंकदाचित हाम्रा बालबालिकामा अनपेक्षित बोलीवचन र बानीव्यहोरा विकास भयो र नियन्त्रण गर्न असहज महसुस भयो भने हामीले समयमै काउन्सेलरको मद्दत लिनुपर्ने पनि हुन सक्छ ।


हामीले यहाँ भन्न खोजेको परामर्श, सल्लाह वा वकालत जस्तो नभएर अप्रत्यक्ष रूपमा मनोविमर्श प्रदान गर्नु हो । यसैले यो अलि फरक किसिमको परामर्श हो । सम्बन्धित व्यक्तिलाई विभिन्न उदाहरणहरु, दृष्टान्तहरु वा विविध घटनाकथा वा प्रसङ्गहरुका आधारमा अप्रत्यक्ष रुपबाट पुनर्जागरण गराउनु हो । आत्मचेतना जगाउनु हो । यो अलि टेढो प्रक्रियाबाट अगाडि बढ्छ ।


काउन्सेलिङ अङ्ग्रेजी शब्द भए पनि नेपालमा चल्तीमा आएकै शब्द हो । यसको सीधा नेपाली अनुवाद गर्दा हामी परामर्श पनि भन्न सक्छौँ । यस्तो परामर्श जसमा व्यक्तिको गोपनीयतालाई संरक्षण गरिन्छ । हामीले यहाँ भन्न खोजेको परामर्श, सल्लाह वा वकालत जस्तो नभएर अप्रत्यक्ष रूपमा मनोविमर्श प्रदान गर्नु हो । यसैले यो अलि फरक किसिमको परामर्श हो । सम्बन्धित व्यक्तिलाई विभिन्न उदाहरणहरु, दृष्टान्तहरु वा विविध घटनाकथा वा प्रसङ्गहरुका आधारमा अप्रत्यक्ष रुपबाट पुनर्जागरण गराउनु हो । आत्मचेतना जगाउनु हो । यो अलि टेढो प्रक्रियाबाट अगाडि बढ्छ । यसका लागि व्यक्तिका पृष्ठभूमि र वर्तमानका व्यवहारको व्यापक अध्ययन गर्नुपर्ने हुन्छ । यसका लागि अनुभवी काउन्सेलरहरुको आवश्यकता पर्न पनि सक्छ । सम्बन्धित जसकसैको विद्यमान भावनात्मक तथा संवेगात्मक समस्याहरु र अस्वाभाविक परिस्थिति तथा व्यवाहारलाई परिवर्तन, सुधार वा समाधान गर्न सहयोग प¥याउने उद्देश्यले समस्या भएको व्यक्ति र मनोविमर्शकर्ता बीच हने योजनाबद्ध अन्तत्र्रिmया र छलफलको प्रक्रियालाई नै अहिले मनोविमर्श भन्नेगरिएको छ ।  

बालबालिकाले आफ्नो उमेरअनुसार समाजमा नसुहाउने क्रियाकलाप गर्छ भने परिवारमा नसुहाउँदो व्यवहार देखाउँछ । अनावश्यक रुपमा लजाउँछ, साथीभाइहरुसँग घुलमिल हुन सकेको छैन । झगडालु स्वाभाव बढेकोछ, तोडफोड गर्छ, धेरै चिडचिडापन देखाउँछ । एक्लै बस्छ, एकाग्र हुन सक्दैन, पढाइ र लेखाइमा अत्यन्तै कमजोर छ वा यस्ता खालका कुनै पनि असहज व्यवहार देखाउँछ भने हामी अभिभावकहरुले सोच्नपर्ने हुन्छ । यी व्यवहारले बालबालिकाको दैनिक काममा नै असर परेको हुनसक्छ । यस्तो अवस्थामा समस्या बढ्नबाट जोगिन, समस्याले गहिरो रुप लिन नपाउँदै हामीले अनुभवी काउन्सिलरसँग समयमा नै सम्पर्क गर्न राम्रो हुन्छ ।

Title Photo: Music vector created by pch.vector - www.freepik.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.