बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरायसी विवादमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार

बुधबार, १७ असार २०७७, १४ : ३१
बुधबार, १७ असार २०७७

दाङमा आफ्नै बुवाको खुकुरी प्रहारबाट छोरा घाइते भएका छन् । जिल्लाको दंगिशरण गाउँपालिका ५ नौबस्ताका ४६ वर्षीय खुशिराम चौधरीले खुकुरी प्रहार गर्दा २७ बर्षिय छोरा श्रीप्रसाद चौधरी घाइते  बताएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सामान्य घरायसी झगडा हुँदा आफ्नै छोरालाई बाबुले खुकुरी प्रहार गरेका हुन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार छोरा श्रीप्रसादको बाँया हातमा गहिरो चोट लागेको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने  खुकुरी प्रहार गर्ने बाबुलाई नियनत्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप