शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा घरभाडा छुटका लागि सामुहिक पहल

बुधबार, १७ असार २०७७, १८ : २८
बुधबार, १७ असार २०७७

बुटवल । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट व्यापार व्यवसाय ठप्प रहेका र सन्त्रासको कायमै रहेकाले रुपन्देहीमा घरभाडा छुटको लागि  सवैले पहल गनुपर्ने सरोकाराहरुले बताएका छन् ।

सरकारी, संघसंस्था तथा व्यक्तिका घरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुले लामो समयदेखि व्यवसाय गर्न नसकेको कारण आर्थिक क्षमता र अवस्था हेरेर घरभाडा छुट वा मिनाहाका लागि रुपन्देही व्यापार संघको आयोजनामा बुधवार बुटवलमा भएको छलफल कार्यक्रममा सहभागि विभिन्न संस्थागत प्रतिनिधिहरुले सो आग्रह गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आर्चायले कोरोनाले निम्त्याएको समस्या र त्यसले पारिरहेको प्रभावप्रति आफुहरु निकै गम्भिर रहेको बताउदै त्यसको समाधान गरि अर्थतन्त्रलाई चलायमान बनाउन सामुहिक पहल लिन आग्रह गरिनन् ।

उनले व्यवसाय सञ्चालन हुन नसके राज्यले राजश्व र कर उठाउन सकिँदैन भन्ने कुरामा सचेत रहेको हुँदा यसको दिगो समाधानका लागि नगरपालिकाकातर्फबाट सम्पन्न नगरपरिषदले नया कर छुट तथा अन्य राहतका प्याकेज पारित गरेको जानकारी गराइन् ।

रुपन्देही व्यापार संघका निर्वतमान अध्यक्ष पदमप्रसाद श्रेष्ठले निर्वाहमुखी व्यवसाय गर्दै आएका व्यवसायीहरु सरकारी नीति र नियमले प्रताडित भैरहेको अवस्थामा कोरोनाको महामारीबाट थप संकटमा परेको हुदा त्यसको संरक्षणमा तत्काल ध्यान नपुग्ने हो भने बुटवलको वजार विस्थापित हुने मात्र होइन व्यवसाय गर्ने सबै सडकमा भिख माग्न बाध्य हुने बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधि खरेलले घरभाडाको विषयलाई घरधनी र बहालवालालाई आतंकीत बनाउने गरि अगाडी सार्नु भन्दा दुबैतर्फको समस्याको पहिचान गरि त्यसको उचित निकास निकाल्नु पर्ने बताए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले कोरोना भाइरसको प्रभावका कारण थप्प बनेको अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसाय सञ्चालन गर्नु जरुरी रहेको हुदा बन्द समयको घरभाडामा छुट दिन सकेमा आर्थिक गतिविधिलाई सार्थक तुल्याउनको लागि मद्दत पुग्ने बताए ।

नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईले कोरोनाको सन्त्रासका कारण नेपालमा साना मात्र होइन ठूला व्यवसायी समेत बिस्थापित हुने अवस्था सिर्जना भएको बताए । कान्ति उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालय परिसरमा व्यवसाय गर्ने पसलधनीहरुलाई उहाहरुकै सहमतीमा सटरभाडामा छुट दिएको जानकारी गराउँदै कोरोनाले विद्यालय सञ्चालन गर्न नसकिएका कारण शिक्षक र कर्मचारीहरुको सेवासुविधा दिन कठिनाई हुन थालेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप