शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, ५ सैनिक घाइते

बुधबार, १७ असार २०७७, १९ : १८
बुधबार, १७ असार २०७७

गोरखा । गोरखा नगरपालिका– ११ स्थित पन्ध्र किलो घुम्तीमा टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ जना सैनिक घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ करिव ५ः ३० बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ प ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो। 

दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ। घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी गोरखाका प्रमुख मित्रलाल ढकालले रातोपाटीलाई बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप