शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा सलह पसेपछि किसानहरु आगो बाल्दै छाना ठटाउँदै

बुधबार, १७ असार २०७७, २० : १०
बुधबार, १७ असार २०७७

गुल्मी  । गुल्मी जिल्लामा गत तीन पदन यता   सलह किरा बारीमा पसे पछि किसानहरु चिन्तित हुन थालेका छन् । आज गुल्मीको इस्मा गाउँपालिका सलह छिरेपछी किसानहरुले बारिमा काँचो घर बालेर धुवाँ निकालेर भगाउने प्रयास गरेको स्थानीयले बताए । 

भगाउन सकिने प्रयास स्वरुप  हरेकले घरको  टिनको छाना ठटाउने गरेको समेत बताइयो । इस्मा वडा नम्बर  ४ ढाँडा जुकेपानीकि स्मारिका केसीले किसानहरु चिन्तित भई  सलह भगाउने अनेक प्रयास गरेको बताइन् ।

मकैको पातहरुमा आएर बसेको छ । केही दिन अघि असिनाले मकैको बीउ र कोदाको बीउ नस्ट गर्यो । 

'झन अब सलह नै पसे पछि त अर्को वर्ष  भोक मरि नै लाग्ने हो कि भन्ने सवैमा चिन्ता छ,' उनले भनिन् । आज दोहलीको बाझास्थित पूर्वमन्त्री गोकर्ण बिष्टको गाउँ  र ढाडाजुके पानी गाउँमा सलह पसेको उनले बताइन् । 

माथि आकास नै ढाक्ने गरि सलह गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा पसेपछि हेर्नेहरुको भीड लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप