बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा ७ घाइते १५ पक्राउ

बुधबार, १७ असार २०७७, २० : २७
बुधबार, १७ असार २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा ८ पिप्रा पोखरियामा बाटो बनाउने विषय लिएर दुईपक्षबीच भएको झडपमा ७ जना घाइते भएका छन् । झडपमा संलग्न रहेको भन्दै प्रहरीले एक दर्जनभन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ ।

पिप्रापोखरियामा नया सडक बिस्तार गर्नेक्रममा नेकपा कार्यकर्ता र जनता समाजवादीका कार्यकर्ताबीच बुधवार दिउँसो झपड भएको थियो ।

झडपमा झडपमा जितेन्द्र यादव, छोटेलाल यादव ७ जनालाई चोट पटक लागेको र उनीहरुको गरुडास्थित आयुस्मान अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको र उनीहरु ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको सई सिंहले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप