बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिहेको भोलिपल्टै बेहुलाको मृत्यु, १ सय ११ भन्दा बढीमा संक्रमण (अपडेट)

बुधबार, १७ असार २०७७, २२ : ००
बुधबार, १७ असार २०७७

बिहारमा विवाह गरेको भोलिपल्टै बेहुलाको मृत्यु भएको छ भने विवाहमा सहभागी १ सयभन्दा धेरै पाहुनामा कोभिड–१९ संक्रमण भेटिएको पुष्टि भएको छ । 

१५ जुनमा विवाह गरेका बेहुलाको भोलिपल्टै मृत्यु भएको थियो । 

बिहारको राजधानी पटनास्थित पालीगन्जका व्यक्तिको विवाहमा ३ सय ५० भन्दा धेरै जना पाहुना सहभागी भएका थिए । गुडगाउँमा इन्जिनियरको काम गर्दै आएका यी बेहुला विवाहकै दिन बिरामी थिए र अवस्था निकै खराब थियो । 

कोभिड–१९ को लक्षण झाडापखालाका कारण पटना अस्पतालमा उनको उपचार पनि भएको थियो । तर, उनको परिवारले उनलाई औषधि खान लगाएर परम्पराअनुसार नै विवाह गर्न बाध्य पा¥यो । 

जब पटनाका डिस्ट्रिक मेजिस्ट्रेट श्री कुमार रविलाई एक अज्ञात व्यक्तिले फोनमार्फत घटनाको विवरण सुनाए त्यसपछि प्रशासनले यसबारे छानविन थाल्यो । बेहुलाको मृत्युपछि उनको परिवारले अन्तिम संस्कार समेत गरिसकेकाले यी व्यक्तिको परीक्षण भने हुन पाएन । 

लगत्तै उनका आफन्तहरुमा पनि कोभीड–१९ सँग सम्बन्धित लक्षण देखियो । परीक्षणपछि उनीहरुको स्याम्पल पोजेटिभ आयो । 

जब संक्रमितको संख्या १५ पुग्यो, त्यसपछि विवाह र बेहुलाको मलामी गएका झन्डै ४ सय व्यक्तिको पहिचान गरेर त्यसमध्ये सम्भावित व्यक्तिलाई आइशोलेट गर्नका लागि २४ जुनदेखि २६ जुनसम्म विशेष परीक्षण शिविर नै आयोजना गरियो । 

त्यसमध्ये ८६ जनाको नतिजा पोजेटिभ आयो । उनीहरु सबैलाई अहिले आइशोलेसनमा राखिएको छ । कडाई उल्लंघनबारे थप छानविन गर्न डिस्ट्रिक मेजेस्ट्रेटले आदेश दिएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबारमात्रै कोभीड–१९ विरुद्ध कडाईका साथ फेस मास्कको प्रयोग र सामाजिक दूरीजस्ता सावधानी अपनाउन आग्रह गरेका थिए । देशका सबै क्षेत्रमा लागु हुनेगरी सरकारले जारी गरेको निर्देशनअनुसार विवाहमा ५० भन्दा बढी पाहुना सहभागी हुन पाउँदैनन्, त्यस्तै मालामी जानेको संख्या अधिकतम २० तोकिएको छ । 

बिहारमा अहिलेसम्म ९ हजार ७ सय ४४ जनामा कोभीड–१९ देखिएको पुष्टि भएको छ र यसमध्ये ६२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ७ हजार ५ सय ४४ जना निको भइसकेको छन् । यद्यपी, प्रति १० लाखको हिसाब गर्दा यो राज्यमा भारतकै सबैभन्दा कम परीक्षण भएको छ । मुख्यमन्त्री नितिशकुमारले प्रतिदिन १५ हजारको परीक्षण गर्ने सरकारी लक्ष्य तोकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप