दुई महिलासहित छ जुवाडे पक्राउ
बिहीबार, १८ असार २०७७, ०७ : ०५
कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् । जुवाखालबाट रु ४७ हजार १०० र तास बरामद भएको छ ।
प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
यसरी बित्यो कतारी राजा शेखको नेपालमा २२ घण्टा
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ