बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा संविधान संशोधनः मतदाता पुटिनको पक्षमा

बिहीबार, १८ असार २०७७, ०८ : ०६
बिहीबार, १८ असार २०७७

रुसमा संविधान संशोधनका लागि गरिएको जनमतसंग्रह बुधबार सम्पन्न भएको छ । कोरोनाभाइरसको संकटबीच यो प्रक्रिया सात दिनसम्म चलेको थियो । रुसमा कुनै पनि मतदानलाई यति धेरै समय लागेको पहिलो पटक हो ।

मतदानमा करिब ६० प्रतिशत मतदाताले भाग लिएको बताइएको छ । निर्वाचन आयोगका अनुसार ८७ प्रतिशत मतगणना गर्दा संविधान संशोधनको समर्थनमा ७७ प्रतिशत बढी जनताले समर्थन गरेका छन् । अन्तिम नतिजा पनि यस्तै आए, राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म पदमा रहन सक्नेछन् । उनले ६ वर्षको दुई कार्यकालका लागि पुनः नेतृत्वमा आसिन हुन पाउनेछन् । ६७ वर्षीय पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदै थियो ।

पुटिनले जनवरीमा संविधान संशोधनको प्रस्ताव ल्याएका थिए । त्यसपछि उनको निर्देशनमा प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका थिए । उनको स्थानमा पुटिनले कम राजनीतिक अनुभव भएका मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्री बनाएका थिए ।

विपक्षीहरुले पुटिन जीवनभर देशको राष्ट्रपति बन्ने प्रयासमा रहेको आरोप लगाउँछन् । जसलाई उनले खण्डन गर्दै आएका छन् । विगत २० वर्षदेखि प्रधानमन्त्री र राष्ट्रपतिको रुपमा पुटिन सत्तामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप