बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ–कहाँ भेटिए ?

बिहीबार, १८ असार २०७७, ०८ : ३२
बिहीबार, १८ असार २०७७

गण्डकी प्रदेशमा कोरोनाभाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार थपिएका संक्रमितमध्ये बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप