बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रिपोर्ट ढिला आउने भन्दै घर पठाइयो, घर पुगेपछि कोरोना संक्रमण पुष्टि

बिहीबार, १८ असार २०७७, ०९ : ०१
बिहीबार, १८ असार २०७७

गुल्मीको चन्द्रकोट गाउँपालिकाको क्वारेन्टाइनबाट घर फर्काइएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर–१ सराङ्ग नुनडाँडाका ५२ वर्षीय पुरुष जेठ ११ गते भारतबाट घर आइ त्यस वडाको सराङ्ग शारदा माबिको क्वारेन्टाइनमा बस्दै आइरहेका थिए ।

आरडिटी पोजेटिभ रिपोर्ट आइसकेपछि उनको नमुना पीसीआर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट आउन ढिला भएपछि उनलाई एक महिनाभन्दा बढी क्वारेन्टाइनमा राखेर असार १५ गते घर पठाइएको थियो ।

घरमा र छिमेकीहरुसँग हेलमेल गरि सकेपछि मात्र उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिइयो । उनी घर गएको अर्के दिन असार १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए । ‘हामीले उहाँको आरडिटी परिक्षण गराएका थियौँ । त्यसपछि   पीसीआर परीक्षणका लागि स्वाब पठाइयो,’ अध्यक्ष खत्रीले भने, ‘रिपोर्ट दुई हप्तामा आएन । संघीय सरकारले बनाएको नीतिअनुसार हामीले उहाँलाई घर पठाएका हौँ ।’

एक महिनाभन्दा बढी समय क्वारेन्टिनमा राख्दा मानिसहरुमा मानसिक तनावको सम्स्या देखिन थालेपछि उनलाई पनि त्यस्तो समस्या देखिन सक्छ घर पठाइएको उनको जिकिर छ । उनी संक्रमित भए पनि अवस्था सामान्य रहेको र घरमै क्वारेन्टाइन बनाएर राखिएको अध्यक्ष खत्रीको भनाइ छ ।

गाउँवासीले भने गाउँपालिका यति संवेदनशील विषयमा पनि गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । त्यस गाउँपालिकामा हाल सम्म २० जना संक्रमित रहेको अध्यक्ष खत्रीले बतए । जिल्ला भर हालसम्म सन्क्रमितको संख्या ३ सय ३२ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए ।

ती सन्क्रमित ब्यक्तिको घरमा श्रीमति र तीन छोरीहरु रहेका छन् । उनले छिमेकी केही मानिससँग भेटघाट पनि गरेको स्थानीय दुर्गा खरालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप