बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा कोरोनाका ५४ नयाँ संक्रमित, स्वास्थ्य मन्त्रीद्वारा चिन्ता व्यक्त

बिहीबार, १८ असार २०७७, ०९ : ५८
बिहीबार, १८ असार २०७७

दक्षिण कोरियामा कोरोनाका ५४ नयाँ संक्रमित भेटिएका छन् । नयाँ संक्रमित राजधानीको बाहिरी इलाकामा देखिएको छ ।

यसमा ग्वांग्जुजस्ता शहर समावेश छन् । ग्वांग्जुमा यसे हप्ता दर्जनौं संक्रमित फेला परेका थिए । त्यहाँका विद्यालय बन्द गरिएको छन् र संक्रमण फैलनबाट रोक्नका लागि कडा प्रतिबन्ध लागू गरिएको छ ।

दक्षिण कोरियाका स्वास्थ्यमन्त्री पार्क न्वेंग हूले कोरोनाको बढ्दो संक्रमणको विषयमा एउटा बैठकका आयोजना गरे जसमा ग्वांग्जुको स्थितीबारे चिन्तासमेत व्यक्त गरेका छन् । 

दक्षिण कोरियाको दोस्रो ठूलो शहरको तुलनामा ग्वांग्जुमा कोरोना संक्रमितको संख्या खासै चिन्ताजनक थिएन ।

स्वास्थ्यमन्त्री पार्क न्वेंग हूले शहरका मानिसहरुलाई अनावश्यक रुपमा बाहिर ननिस्कन, सामाजिक दुरीको नियम पालना गर्न  र मास्क लगाउन अपिल गरेका छन् ।

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४ पुगेको छ । यहाँ हालसम्म २ सय ८२ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप