बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनपछि राजस्व अनुसन्धान विभागको एक्सनः राजस्व चुहावट गर्नेलाई धमाधम कारबाही

बिहीबार, १८ असार २०७७, ११ : ३७
बिहीबार, १८ असार २०७७

लकडाउनका कारण प्रभावित बनेको राजस्व अनुसन्धानले फेरि तिव्रता लिएको छ । राजस्व अनुसन्धान विभाग राजस्व चुहावट गर्नेलाई धमाधम कारबाही गर्न थालेको छ ।

पछिल्ला समय नक्कली बिल बिजक बनाएर राजस्व चुहवाट गर्ने विभिन्न  कम्पनीलाई ४० करोड ६१ लाख छली गरेको आरोपमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

सागर प्लाष्टिक कन्सर्न र सुप्रिम प्लाष्टिक कन्सर्नले नक्कली बिल बिजक बनाएर ३२ करोड ६० लाख रुपैयाँ राजस्व छली गरेको भन्दै उनीहरु विरुद्ध अदालतमा मुद्दा दायर भएको हो । राजस्व अनुसन्धान विभागले उनीहरुलाई बिगो बराबर तथा दोब्बर जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो । 

 सागर प्लाष्टिक कन्सर्नका प्रोपाइटर सञ्जु किजु र मूख्य आरोपित सागर किजुले २६ करोड ३२ लाख र सुप्रिम प्लाष्टिक कन्सर्नका सागर किजुले ५ करोड ७७ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा यहि असार १७ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । 
उनीहरुले मूल्य अभिबृद्धि कर र आयकरमा नक्कली विल बिजक बनाएर राजस्व चुहावट गरेको भनिएको छ । 

यता काठमाडौकै बिकोइ स्काइ बंगलामुखी जेभी  विरुद्ध पनि उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सो संस्थामा साझेदार सञ्चालक रोशन कुमार श्रेष्ठले समेत राजस्व चुहावट गरेको भन्दै ८ करोड एक लाख विगो असुल र कैद सजायको माग  गर्दै अदालतमा मुद्दा दायर भएको हो । 

यस्तै सुन चोरी पैठारी गर्ने भारतीय नागरिक विरुद्ध पनि विभाग एक्सनमा उत्रिएको छ । भारतीय नागरिक अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मानियल हाकीमले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै ४ करोड २२ लाख २० हजार बिगो दाबी गर्दै यही जेठ ११ गते विभागले उच्च अदालत हेटौडामा मुद्दा दायर गरेको छ । उनीहरुलाई विदेशी विनिमय कसुरमा समेत थप अनुसन्धान भइरहेको छ । 

यता विदेशी विनिमय अपचलन गरेको अभियोगमा पनि भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय ट्रक चालक रवी कुमार शर्मा र पप्पु कुमारले विदेशी विनिमय अपचलन गरेको भनिएको छ । 

उनीहरुलाई १ करोड ७५ लाख बिगो कायम गरी मोरङ जिल अदालतमा जेठ २द्द गते मुद्दा दायर भएको छ । विराटनगरको एक नम्बर गेटमा उनीहरुको साथबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ बरामद गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप