बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चट्याङ लागेर चार महिलाको मृत्यु

बिहीबार, १८ असार २०७७, ११ : ३८
बिहीबार, १८ असार २०७७

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो । फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए । 

चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप