खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण
बाग्लुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो ।
समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतको उपस्थितिमा बुधबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उत्तरगङ्गा नमुना र शिवालय माविको क्वारेन्टिन स्थलमा ती उपकरण वितरण गरिएको थियो । यस्तै तमानखोलाको जनजागृति, निसीखोलाको प्रभा, ज्ञानेन्द्र, बडिगाडको त्रिभुवन, भानु र खारमाविमा सञ्चालित क्वारेन्टिन स्थलमा पनि उपकरण वितरण गरिएको थियो ।
हातले नछोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उपकरणले कोरोना भाइरसलगायत अन्य किटाणुबाटसमेत जोगाउने उनले बताए । खुट्टाले चलाएर हात धुन मिल्ने उक्त उपकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ । धारो हातले खोल्ने, बन्द गर्ने गर्दा कोरोना भाइरस सर्न सक्ने हुँदा खुट्टाले चलाउन मिल्ने प्रविधि विकास गरिएको हो । उक्त प्रविधियुक्त धारोमा खुट्टाले थिचेपछि पानी र साबुन खस्छ । हातले कतै नछोइकल मिचिमिचि हात धुन सकिन्छ ।
कोरोना रोकथाम र नियन्त्रणमा यसले सघाउने विश्वास गरिन्छ । सोही उद्देश्यका लागि स्थानीय तहमा रहेका आइसोलेसन र क्वारेन्टिनमामा उपकरण सहयोग गरिएको सो सस्था ले जनाएको छ । उक्त संस्था खानेपानी र सरसफाइका क्षेत्रमा क्रियाशील छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?