शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिसबाह होइन अफ्रिकीको क्याच लिन ठूलो दबाब थियो’

बिहीबार, १८ असार २०७७, १४ : ५२
बिहीबार, १८ असार २०७७

भारतीय तेज बलर श्रीसन्तले आफ्नो करियरमा धेरै दिग्गज क्रिकेटरसँग खेलेका छन् । उनी त्यस्ता, क्रिकेटरमध्ये एक हुन् जसले आफ्नो देशका लागि एकदिवसीय र टी–२० दुबै विश्वकप जितेका छन् । 

२००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकपमा उनी भारतीय टिमको हिस्सा थिए । टी–२ विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा उनको भूमिका खास थियो । यस खेलमा श्रीसन्तले चार ओभरमा ४४ रन दिएर सोहेल तनविरको विकेट लिएका थिए । 

श्रीसन्तले भर्खरै बताएका छन् कि टी–२० विश्वकपको फाइनलमा उनले सबैभन्दा ठूलो दबाब कोबाट झेल्नुप¥यो ।  भारत र पाकिस्तानबीचको यस फाइनलमा उनले बलिङभन्दा धेरै चर्चा फिल्डिङबाट पाए । 

उनले मिसबाह उल हकलाई निर्णायक घडीमा क्याचआउट गराए, जसकारण भारतीय टिमले उपाधि जितेर इतिहास राख्न सक्यो । पाकिस्तानलाई चार बलमा ६ रनको जरुरी थियो । मिसबाहले सट खेले र श्रीसनतले शान्दर क्याच लिएर भारतलाई इतिहास बनाउन सहयोग गरे । 

उनको यो क्याच अझै पनि कसैले भुलेका छैनन्  यद्यपी ३७ वर्षीय श्रीसन्तकाअनुसार उनी मिसबाहको क्याच लिनुभन्दा धेरै दबाब अफ्रिदीको क्याच लिने क्रममा थिए । 

क्रिकट्रयाकरसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरा लागि सहिद अफ्रिदीको क्याच लिनु धेरै महत्वपूर्ण थियो । इरफान पठानले मलाई भनेका थिए कि अफ्रिकीले पक्कै छक्का प्रहारका लागि हिट गर्नेछ । बल लङ अफका लागि आउनेछ र पहिलो बलमै उनी आउट हुनेछन् । तिमीले क्याच लिनु । उनले पहिल्यै देखेका थिए की के हुँदैछ । उनले धेरैपटक अफ्रिदीको विकेट लिइसकेका थिए । भाग्यवस् बल हावामा उड्यो र मैले त्यसलाई पकडिए ।’

श्रीसन्तजस्ता धेरै व्यक्ति छन्, जसले आज पनि मिसबाह क्याचआउट हुँदाको घटना याद गर्छन् । यसबारे श्रीसन्त भन्छन्, ‘जब बल मेरोतर्फ आएको थियो । । त्यसबेला मैले साँच्चै भन्नुपर्दा क्याचको बारेमा सोचेको थिइँन । बरु, मैले उनलाई दुई रन लिनबाट रोक्नेतर्फ सोचेको थिएँ ।

मिसबाहको विकेटको समय मैले दाँया वा बायाँ डाइभ गरेर बललाई रोक्न विषयमा सोचिरहेको थिएँ, ताकि मिसबाहले दुई रन लिन नसकुन् ।  मैले बललाई क्याच गर्नेेबारेका सोचेको थिइँन धोनीले पनि एक अन्तवार्तामा मिसबाहको त्यो क्याच भारतीय क्रिकेटको इतिहासमै सबैभन्दा दबाब सिर्जना गर्ने क्याच थियो भनेका छन् । तर मेरा लागि अफ्रिदीको क्याच मेरो करियरमा सबैभन्दा दबाब दिने क्याच थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप