केन्द्रीय संस्करण

ओस्करको नियम परिवर्तन, रिलिज नभएका फिल्मलाई पनि सहभागीको अवसर

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोभिड-१९ का कारण विश्वको सबैभन्दा ठुलो चलचित्र पुरस्कार ओस्कर अवार्डमा यो वर्ष रिलिज नभएका फिल्मले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि फेब्रुअरी महिनामा हुँदै आएको यो अवार्ड अहिले २ महिनापछि सरेर अप्रिलमा पुगेको छ । ओस्करको ९३ औं संस्करण आउँदो अप्रिल २५ का लागि तय भएको छ ।

तर, विश्वभर चलिरहेको महामारीका कारण ओस्कर अवार्ड आयोजनाको मिति मात्र हैन केही नियममा पनि परिवर्तन गरेको छ ।  अघिल्लो वर्षमा अक्टोबर अन्तिम सम्ममा फिल्म पठाइ सक्नुपर्नेमा डिसेम्बर ३१ सम्ममा ओस्करका लागि फिल्म पठाइ सक्नुपर्ने प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल ओस्कर अवार्ड लचिलो समेत बनेको ओस्करका लागि नेपालबाट फिल्म छनौट गरेर पठाउँदै आएको संस्था इन्टरनेसनल फिचर फिल्म छनौट समिति नेपालले जनाएको छ । 

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्महलमा रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने छन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र ओस्कर कमिटीलाई बुझाउनुपर्नेछ, अस्करका लागि फिल्म छनौट गर्दै आएको इन्टरनेशनल फिचर फिल्म छनौट समिति नेपालले जनाएको छ । 
जसमा विमल पौडेलको अध्यक्षतामा ८ सदस्यीय कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागार्इं र सामिप्यराज तिमल्सेना सदस्य रहेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.