शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल इन्टरनेश्नल फिल्म फेस्टिभल (निफ) फागुनमा

बिहीबार, १८ असार २०७७, १५ : २८
बिहीबार, १८ असार २०७७

काठमाडौं । नेपाल इन्टरनेश्नल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण २०२१ फेब्रुअरी २४ देखि २८ (अर्थात अगामी फागुन १२ देखि १६ गतेसम्म आयाजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिहिबार एक विज्ञप्ती जारी गर्दै फेस्टिभलबारे जानकारी दिएको हो । विज्ञप्तीमार्फत फेष्टिभलका लागि आवेदन समेत खुल्ला भएको जानकारी दिएको छ । आयोजकले फेष्टिभलमा सहभागी हुनका लागि फिल्महरुले यहि २०२० जुलाइ १ देखि नोभेम्बर ३० सम्म आवेदन दिनुपर्ने प्रावधान राखेको छ । 

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गर्ने निर्णय आयोजकले गरेको छ ।  कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त जित्न सक्नेछन् । 

फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड, प्रदान गरिनेछ । त्यस्तै सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको वाग्मती अवार्ड प्रदान गरिनेछ । 

यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई रु. ५० हजार  र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । फिचर फिल्मतर्फ उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यस पटक फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरुले www.filmfreeway.com मार्फत आवेदन दिन सक्ने  आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप