बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमी आएन– सांसद देव

बिहीबार, १८ असार २०७७, १५ : ४१
बिहीबार, १८ असार २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको बताएका छन् । सन् २०१७ देखि २०१९ सम्मको तथ्याङ्क प्रस्तुत गर्दै देवले यौनहिंसा र अन्य विभेदका घटनाहरमा कमी आउन नसकेको बताएका हुन् । २ वर्षको अन्तरमा ४ हजार ९ सय ४० वटा बलात्कार, बलात्कारको प्रयास र यौनजन्य घटना भएको उनले बताए ।

जसमा ३ हजार ५ सय बलात्कारका घटना, ४ सय २० बलात्कारको प्रयास र ९ सय ९४ वटा यौनजन्य घटनाहरु घटेको उनले बताए । २६ वटा बलात्कारपछिको घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको उनले बताए । रुकुम पश्चिममा उच्च जातिय अहंकार र सामन्ती मानसिकताका कारण नवराव विकको हत्या भएको उनले बताए ।

देवले नीति निर्माण र शक्तिको अभ्यास हुने ठाउँमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको लागि आवाज उठाउन सरकार, राजनीतिक दल र दलित अधिकारकर्मीहरुलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप