केन्द्रीय संस्करण

भीमकला र टीकाले ल्याए ‘गोरखा बजार’

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

काठमाडौं । गायिका भीमकला गुरुङ र टीका गुरुङले यतिबेला कौडा गीत बजारमा ल्याएका छन् । गीतमा भीमकला र टीकालाई गायक कृष्ण गुरुङले पनि स्वरमा साथ दिएका छन् । भीमकला गुरुङ र कृष्ण गुरुङको संगीत रहेको गीतमा टीका गुरुङको शब्द रहेको छ । कौडा गीत विशेषगरी गण्डकीको भेगमा गाइने लोकगीत हो । अझ गुरुङ समुदायमा यो गीतको महत्व उच्च रहेको छ ।

रोधी बस्ने प्रचलनसँगै गुरुङ समुदायमा कौडा गीत, चुट्का गीत, मारुनी, सालैजोको पनि उत्तिकै महत्व रहेको पाइन्छ । टीका र भीमकलाले ‘गोरखा बजार’ गीतमा गोरखा र लमजुङ बीचको माया प्रितिलाई जोडेका छन् ।  गीतको म्यूजिक भिडियो पनि बनेको छ । जसमा दीप कोके गुरुङको निर्देशन एवं कोरियोग्राफी रहेको छ । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुको नृत्य प्रस्तुति रहेको गीतमा मधुर बस्नेत र विजय लामाको छायाँकन छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.