भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६ लाख नाघ्यो
एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् । तमिलनाडुमा संक्रमित मध्ये १ हजार २६४ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन् । दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै