शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित

बिहीबार, १८ असार २०७७, १६ : ४६
बिहीबार, १८ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । 

कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र प्रचण्डबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ।

ओली बिनै बसेको बैठकमा प्रचण्डले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने बताए । 

गत आइतबार प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्न भारत र पार्टीबाट चलखेल भएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको हो । विवादकै क्रममा ओलीले बिना परामर्श संघीय संसद अधिवेशन अन्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप