शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु

बिहीबार, १८ असार २०७७, १६ : ५९
बिहीबार, १८ असार २०७७

कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो।

मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनकाे सम्पर्कमा रहेका आफन्तकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । यस्तै शिशुको बिहीबार पशुपति आर्यघाटमा शव व्यवस्थापन भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप