बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई काँग्रेसको प्रश्न : जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?

बिहीबार, १८ असार २०७७, १७ : २७
बिहीबार, १८ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

काँग्रेस प्रवक्ता शर्माले विहीबार जारी प्रेस विज्ञप्तिमा अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया अवलम्बन नगरी संसद अधिवेशन अन्त्य गरिनु दुःखद भएको उल्लेख छ । कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको शर्माको भनाइ छ ।

संसद अधिवेशन काँग्रेससँग परामर्श नगरिएको र पूर्व सूचना पनि नदििइएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, 'सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ ।'

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी भएको काँग्रेसको बुझाइ छ ।

तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको शर्माले बताए । 'जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?'  प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै काँग्रेस अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरको छ ।

 बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्कोअधिवेशन अन्त्य भएको घोषणा गरकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप