केन्द्रीय संस्करण

टिपरको ठक्‍करबाट घाइते भएका सैनिक जवानको मृत्यु

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

गोरखा । टिपरको ठक्‍करबाट घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा हिजो टिपरको ठक्करबाट घाईते भएका गोरखा पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

उनीसँगै घाईते भएका अन्य तीन जनामध्य टाउकोमा गम्भीर चोट लागेका सैनिक जवान ललितपुर बज्रबाराहीका रञ्जित रानाको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको छ। बाँकी दुई घाईते जिल्ला अस्पताल गोरखामा उपचार गरि गणमा फर्किएका छन्। उनीहरु रणसिंह दल गण गोरखामा कार्यरत थिए।

हिजो साँझ गोरखा आबुँखैरेनी सडक खण्डअन्तर्गत १५ किलोमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिएको थियो।  चालक र टिपर जिल्ला प्रहरी कार्यालय गोरखाको नियन्त्रणमा छ। 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.