बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आलमका एक जना सहयोगी पक्राउ

बिहीबार, १८ असार २०७७, १९ : ३५
बिहीबार, १८ असार २०७७

जनकपुर । सांसद मोहम्मद अफताव आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ परेका छन् । रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको बम विस्फोटनमा परि मृत्यु र घाइते भएकाहरुलाई ईटा भट्टामा हालेर हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका आलमका सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय शेष सराज पक्राउ परेका हुन् ।

सराजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीका अनुसार २०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए ।

त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १६ जना घाइते र ३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले २४ जेठमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय मुक्ति शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सराजले काँग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका ३ जना र घाइते भएका १६ जनालाई बोरामा राखी ट्रक्टरमा राखेर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको छन् ।

आरोपित आलमसहित ११ जना विरुद्ध मुद्दा दर्तामा रहेको प्रतिवादीहरु मध्ये अझै पनि ८ जना फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप