बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'इनफ इज इनफ' अभियानद्वारा आमरण अनसनसँगै प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बिहीबार, १८ असार २०७७, १९ : ३७
बिहीबार, १८ असार २०७७

काठमाडौं । कोभिड-१९ को सवल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै 'कोभिड- १९ इनफ इज इनफ' अभियानले प्रदर्शन गरेको छ ।

बिहीबार पाटन दरबारस्थित कृष्णमन्दिर अगाडि भएको प्रदर्शनमा 'सरकारको लापरबाहीले जनता मर्दैछन्, आरडिटी रोक, पीसीआरको बढाउ, क्वारेन्टिन सुरक्षित गर' लगायतका नारा लगाएका थिए ।

यसअघि उक्त अभियानमा स्वतन्त्र युवाको मात्र सहभागी हुने गरेकोमा बिहीबारको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाको पनि सहभागिता रहेको थियो । राप्रपाका अध्यक्ष कमल थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीलगायतका प्रदर्शनमा सहभागी थिए ।

कोभिड – १९ को सबल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ईः, पुकार बम, सुधन गुरुङ र सुवानी सिजापति ७ दिनदेखि आमरण अनसनमा बसेको छन् ।

उनीहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विरोध प्रदर्शनलाई पनि अगाडि बढाउने योजना अनुसार आज प्रदर्शन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप