केन्द्रीय संस्करण

भ्लादिमिर पुटिन र नरेन्द्र मोदीबीच कुराकानी

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कोरोनाका बारेमा कुराकानी भएको छ ।  कोरोनासँगै दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताहरुले कोरोना भाइरसबाट भइरहेको क्षति न्युनिकरणका लागि के के प्रयास भइरहेको छ भन्ने बारेमा अनुभव आदानप्रदान गरेका थिए ।

त्यसैगरी उनीहरुले भावी दिनमा कोरोनाका लागि र अन्य विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गरेका थिए । भारतीय अधिकारीका अनुसार उनीहरुले टेलिफोन कुराकानीका क्रममा यही वर्ष भारतमा हुने भनिएको वार्षिक सम्मेलनबारेमा पनि छलफल गरेका छन् ।
 
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताएका थिए । आफ्नो देशमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीको भनाईप्रति पुटिनले धन्यवाद ज्ञापन गरेका थिए । कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.