शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा तीन वर्षमा १ सय ६० जनाले गरे आत्माहत्या

बिहीबार, १८ असार २०७७, २० : ००
बिहीबार, १८ असार २०७७

रामहरि  । ओखलढुंगामा आत्माहत्या गर्नेको दर बढ्दो छ । पछिल्लो तीन वर्षको तथ्यांक अनुसार जिल्लामा १ सय ६० जना भन्दा बढीले आत्माहत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यलयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४–०७५ मा ४१ जना, २०७५–०७६ मा ६१ जना र चालु आर्थीक वर्ष २०७६–०७७ मा ५८ जनाले आत्माहत्या गरेको उल्लेख छ ।

जसमा महिला ४७ जना, पुरुष ८२ जना, बालक १० जना र बालिका ११ जनाले आत्माहत्या गरेका छन् । उमेर समूह अनुसार १० दखि १४ वर्ष सम्मका १० जना,१४ देखी १८ वर्ष सम्मका २१ जना, १८ देखि ३० वर्ष सम्मका ३७ जना,३० देखि ४० वर्षसम्मका २२ जना,४० देखि ५० वर्ष सम्मका २२ जना, ५० देखि ६० का ३० जना, ६० देखि ७० का ११, ७० देखि ८० का ६ र ८० भन्दामाथिका १ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

आर्थीक वर्ष २०७४–०७५ मा महिला १२, पुरुष १७, बालक ५ र बालिका ७ गरी जम्मा ४१ जना,२०७५–०७६ मा महिला २४, पुरुष ३२, बालक १ र बालिका ४ गरी ६१ जनाले आत्माहत्या गरेका छन् । त्यस्तै चालु आर्थीक बर्ष २०७६–० ७७ महिला ११, पुरुष ३३,बालक ४ र बालिका १० सहित ५८ जनाले आत्माहत्या गरेको तथ्याकंमा उल्लेख गरिएको छ ।

कुन स्थानिय तहमा कति ?

स्थानिय तह अन्तरगत सिद्धिचरण नगरपालिकामा आर्थीक वर्ष २०७४–०७५ मा ८ जना,०७५–०७६ मा १४ जना र ०७६–०७७ मा २३ जनाले आत्माहत्या गरेका छन् । 

त्यस्तै मानेभज्याङ गाउँपालिकामा आर्थीक बर्ष २०७४–०७५ मा ३ जना,०७५–०७६ मा १३ जना र ०७६–०७७ मा ९ जना रहेका छन् ।

खिजिदेम्बा गाउँपालिकामा २०७४–०७५ मा २ जना,०७५–०७६ मा ८ जना र ०७६–०७७ मा ८, मोलुङ गाउँपालिकामा आर्थिक वर्ष २०७४–०७५ मा ७ जना,०७५–०७६ मा ६ जना र ०७६–०७७ मा ३ जनाले आत्माहत्या गरेका छन् ।

यता चम्पादेबी गाउँपालिकामा आत्माहत्या गर्नेको संख्या आर्थीक बर्ष २०७४–०७५ मा ५ जना,०७५–०७६ मा ७ जना र ०७६–०७७ मा ४ जना,सुनकोशीमा २०७४–०७५ मा ७ जना,०७५–०७६ मा ५ जना र ०७६–०७७ मा ३ जनाले आत्माहत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

त्यस्तै चिशंखुगढी गाउँपालिकाबाट आर्थिक वर्ष २०७४–०७५ मा ३ जना,०७५–०७६ मा ६ जना र ०७६–०७७ मा ६ जनाले आत्माहत्या गरेका छन् । 

लिखु गाउँपालिकामा आर्थीक बर्ष २०७४–०७५ मा ६ जना,०७५–०७६ मा २ जना र ०७६–०७७ मा २ जनाले अत्माहत्या गरेको तथ्यांक आएको प्रहरी निरिक्षक बस्नेतले बताए । आत्माहत्या गरेकामध्ये अधिकांशले गरिबी,बेरोजगार,मादक पदार्थ सेवन लगायत कारणले आत्माहत्या गरेको पाइएको बस्नेतको भनाइ छ ।

छैन कार्यक्रम 

जिल्लाका बिभिन्न स्थानीय तहमा आत्माहत्याको दर बढिरहेको तथ्यांक सार्वजनिक भएपनि यसलाई न्युनिकरण गर्न यस वर्षको नीति तथा कार्यक्रममा कुनैपनि कार्यक्रम समावेश भएका छैनन् । 

सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले समाजमा बिकराल बनेको अत्याहत्याको घटनालाई न्युनिकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख नभएपनि कार्यक्रम बनाएर जान सकिने बताइन् ।

मानेभज्याङ गाउँपालिकाले यस वर्ष मानेसामाजीक परामर्श शिर्षकमा बजेट छुट्याएपनि विभिन्न कारणले कार्यक्रममा सञ्चालन हुने नसकेको गाउँपालिकाका उपाध्यक्ष सबिता राईले बताइन् । 

गाउँपालिकाले मनोसामाजीक परामर्शलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेकाले यसलाई कार्यान्वयन चरणमा लैजाने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप