शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले ह्याम्स अस्पताल पुगेर भेटे ‘इनफ इज इनफ’ अभियानका अनसनकारीलाई

बिहीबार, १८ असार २०७७, २० : ५१
बिहीबार, १८ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘इनफ इज इनफ’ अभियानका ७ दिनदेखि अनसनरत युवाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

कोभिड – १९ को सबल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ७ दिनदेखि  ईः, पुकार बम, सुधन गुरुङ र सुवानी सिजापतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली विहीबार साँझ ह्याम्स अस्पताल पुगेका हुन् ।

पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो ।

कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।


भेटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणका लागि सरकारले काम गरिरहेको र अझै यसलाई प्रभावकारी बनाउदै लैजाने पनि जानकारी गराएका थिए । उनले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप