शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी मद्दामा फरार ४ जना पक्राउ

बिहीबार, १८ असार २०७७, २१ : ५६
बिहीबार, १८ असार २०७७

कैलाली । जबरजस्ती करणी मद्दामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार ४ जना लाई  प्रहरीले खोज तलास गर्दै जादा बिभिन्न मितिमा पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा कैलालीको कैलारी गाउपालीका वडा नं ८ लौसा बस्ने वर्ष २० का उमेश कठरिया, कैलाली लम्की चुहा नगरपालिका ४ बस्ने वर्ष २३ का दिनेश भनिने दिर्घ कोईराला र धनगढी बस्ने बर्ष २९ र ३० का २ जना लाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले रातोपाटी लाई जानकारी दिए ।

उपरीक्षक बिस्टका अनुसार धनगढी बस्ने १७ वर्षीया किशोरीलाई जेठ ७ गते जबरजस्ती करणी गरी उमेश कठरिया फरार रहेकाले प्रहरीले खोजतलास गर्दै जाँदा असार १७ गते पक्राउ गरि कैलाली जिल्ला अदालतवाट म्याद थप गरि अनुसन्धान भइरहेको छ । 

गत वर्ष माघ १ गते १६ बर्षिया किशोरीलाई जबरजस्ती करणि गरी फरार दिनेश भनिने दीर्घ कोईरालालाई असार १६ गते पक्राउ गरि कैलाली जिल्ला अदालतमा पेश गर्दा पुर्बपक्षका लागी कारागार चलान गरिएको उनले बताए । 


त्यसैगरी धनगढी बस्ने  १६ वर्षीय दृष्टि बिहीन किशोरीलाई गत वर्ष आसरमा ४ जनाले सामुहिक जबरजस्तीकरणी गरि फरार ३ जना मध्ये वर्ष २९ र ३० का २ जना असार १७ गते पक्राउ गरि कैलाली जिल्ला अदालतमा पेश गरिएको र  बयान नसकिएको ले हिरासतमा राख्न फिर्ता पठाएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप