शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा कार्यसमिति विस्तार

बिहीबार, १८ असार २०७७, २१ : ५८
बिहीबार, १८ असार २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ । 

पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम त्रयअध्यक्षको सहमतिमा विस्तार गरिएको जनाइएको छ ।

अध्यक्ष त्रय पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिमा ३३७, केन्द्रीय कार्यसम्पादन समितिमा ८२  र केन्द्रीय कार्यसम्पादन समितिमा ११  आमन्त्रित सदस्य रहने छन् ।

पूर्वप्रधानमन्त्री  लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था छ  ।

पार्टीले विश्वबन्धु थापाका अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समितिसमेत गठन गरेको जनाइएको छ ।
यसैगरी १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन भएको छ । उक्त समितिका सदस्यमा राणा, लोहनी, थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, भास्कर भद्रा र सुशीलकुमार श्रेष्ठ रहेका छन् ।  यसैगरी विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, ठाकुरप्रसाद शर्मा र श्याम तिमल्सिना पनि सो समितिमा रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप