शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वरको लास

शुक्रबार, १९ असार २०७७, ०७ : ४७
शुक्रबार, १९ असार २०७७

हरिशंकर परसाईं हिन्दी साहित्यमा व्यंग्यका प्रख्यात हस्तीका रुपमा परिचित छन् । उनलाई ईश्वरको अस्तित्व र पूजाआजामा रत्तिभर विश्वास थिएन । उनी पक्का नास्तिक र वामपन्थी थिए । एक दिन साहित्यकारहरुबीच गफैगफमा उनले प्वाक्क भनिहाले–

‘ईश्वर त मरिसक्यो !’

ईश्वरप्रति उनको नकारात्मक विचार सुनेर अर्का साहित्यकार जैनेन्द्र कुमार तिल्मिलाए । परसाईंको विचार खण्डन गर्दै जैनेन्द्र कुमारले भने–

‘कसले भन्यो, ईश्वर त मर्‍यो भनेर ? ईश्वर कहिल्यै मर्दैन । फेरि ईश्वरलाई कसले मार्न सक्छ ?’

उनी तर्कमाथि तर्क थप्दै निकै भावुक हुन थाले । यत्तिकैमा श्रोताहरुको बीचमा बसेका हरिशंकर परसाईंको मुखबाट प्याच्च निस्किहाल्यो–

‘अरे भाइ, जबसम्म तिनीहरुले जैनेन्द्रजीलाई ईश्वरको लास देखाउँदैनौ, तबसम्म उनी ईश्वर मरेको कुरा मान्न पटक्कै तयार हुँदैनन् ।’

Title Photo: https://i.ytimg.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप