चेक बाउन्स गरेर फरार दुईजना सिआइबीको फन्दामा
चेक बाउन्स गरेर फरार भएका दुई जनालाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । भक्तपुर ठिमीका ४१ वर्षीय राम ज्यापु र बूढानिलकण्ठ पैयुटारका ४४ वर्षीय प्रकाश बुढाथोकीलाई प्रक्राउ गरि सिआइबिले केन्द्रिय कारागार सुन्धारा पठाएको हो ।
बैकिङ कसुरमा रामज्यापुलाई २०७६ भदौ २ गते उच्च अदालत पाटनले ११ लाख ५० हजार जरिवाना र ३ दिन कैद सजाय हुने ठहर गरेको थियो । यता प्रकाश बुढाथोकीलाई २०७६ माघ २४ गते १० लाख ५० हजार जरिवाना र सात दिन कैद सजाय हुने ठहर गरेको थियो ।
उनीहरु सजाय नभोगी फरार भएपछि सिआइबीले उनीहरुको खोजी गरिरहेको थियो । उनीहरुले आफ्नो खातामा रकम नभएपनि जानी जानी भुक्तानीका लागि चेक काटेर दिएको सिआइबीले जनाएको छ । खातामा रकम नभएपछि राम ज्यापुलाई इन्द्र कट्टेलले चेक बाउन्सको जाहेरी दिएका थिए भने प्रकाश बुढाथोकीलाई निरणसिंह लामाले चेक बाउन्सको जाहेरी दिएपछि उनीहरुलाई चेक बाउन्सको मुद्दामा अदालतले जरिवाना र सजाय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै